Logo
Logo

कोरोना संक्रमणबाट भक्तपुरमा एक बालकको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण भक्तपुरमा एकजना बालकको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकाको एक निजी विद्यालयमा कक्षा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । चैत १४ यता मात्रै ३५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयले पछिल्ला ३ दिनयता ९ वर्षभन्दा मुनिका क्रमशः १२,२२ र ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

१० देखि १९ वर्षभित्रका क्रमशः ४८, ४० र ४३ जना बालबालिकालाई तीन दिनवीच संक्रमण देखिन थालेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्