Logo
Logo

मैले चिनेको रवि अर्थात् रवीन्द्र


पुण्य पौडेल


मेरो ३० वर्षे पत्रकारिताको जीवनमा धेरै पटक धेरै विषयमा सम्पादकीय लेखेँ । पोखरापत्रका लागि ०७५ फागुन १५ गते सम्पादकीय लेख्दा जीवनमा पहिलो पटक धेरै पीडा महसुस भयो । आफ्नै साथीको मृत्युको जानकारीबारे अलविदा रवीन्द्र भनेर सम्पादकीय लेख्नुप¥यो । त्यो हृदयविदारक क्षण कुनै स्वभाविक घटना थिएन । ६ दिनअघि मात्रै पत्रकार महासंघको केन्द्रीय विधान अधिवेशनमा मेरो साथी पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग भेटेको झलझली याद आउँछ । त्यो हँसिलो, कहिल्यै कसैसँग नरिसाउने मुहार सबैको मुटुको ढुकढुकी बनेका रवीन्द्रसँग मेरो पहिलो भेट २०४३ सालमा भएको थियो । बिन्दवासीनीमा गैरीगाँउ (भरतपोखरी)का वेदनाथ आचार्य, बैकुण्ठ आचार्य डेरामा बसेका थिए । रवीन्द्र उनीहरुकोमा आउँथे । म पनि त्यही बस्थेँ । उनीहरु रवीन्द्रजीलाई रवि भन्थे । रविको प्रतिभाको बारेमा चर्चा गर्थे । उनीहरु अनेरास्ववियुमा संगठित थिए । म पनि अनेरास्ववियुमा संगठित थिए । संगठनका कारणले हामीलाई नजिक बनाएको थियो । पृथ्वीनारायण क्याम्पसमा कार्यक्रम हँुदा हामीसँगै हुन्थेम ।

२०४४ सालमा पिएन क्याम्पस भर्ना भएपछि अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य भए । कमिटीमा भएपछि सांगठनिक गतिविधिले हामीलाई सक्रिय बनायो । स्ववियु सभापति तुलबहादुर गुरुङ, सचिव रामनाथ ढकाल र सदस्य विजय गुरुङलाई मण्डलेले अपहरण गरेपछि दिनहुँजसो अपहरणविरुद्धको आन्दोलनमा लाग्न थालियो । बाहिर आन्दोलन स्ववियु र अनेरास्ववियुले गर्थे । भित्र योजना भने नेकपा (माले) ले बनाउँथ्यो । आन्दोलनकै क्रममा हामीबीच आत्मीयता बढ्दै गयो । विद्यालयहरुले शुल्क वृद्धि गरेको विरोधमा अनेरास्ववियुले आन्दोलन छेड्यो । म र दिलीप थापा माछापुच्छ«े मावि नाउडाँडामा अन्दोलनमा खटियौँ । त्यसबेलामा म अनेरास्ववियुको जिल्ला कमिटीको कोषाध्यक्ष थिए । रवीन्द्र क्याम्पसमा अखिलको नेतृत्व गर्दै थिए । म र दिलीप माछापुच्छ«े मावि नाउडाँडामा पुगेपछि भोलिपल्ट बिहान ढिकुरपोखरीमा पार्टीको भूमिगत कार्यकर्ताको रुपमा खटिएका श्रीनाथ बराललाई भेट्यौं । पुण्यप्रसाद पौडेललगायतका त्यहाँका स्थानीय कार्यकर्तासँग बसेर आन्दोलनको योजना बनाइयो । त्यही दिन गाउँसभा पनि थियो । दिलीप र मलाई स्कूल पुगेपछि पक्राउ गरेर चौकी पु¥याए । बेलुका सिडिओ भगवान सिंह आएर भोलि जिल्लामा ल्याउनु भनेर आदेश दिए । पुस २६ गते नाउडाँडाबाट पोखरा ल्याउँदै गर्दा हेम्जामा शोभाखर भण्डारी भेटिए । उनले क्याम्पसमा आएर खबर गरेछन् हामी सिम्पानी आइपुग्दा रवीन्द्र अधिकारी अन्य साथीहरुको नेतृत्व गर्दै आएका थिए । त्यहीबाट हामीलाई रवीन्द्रले प्रहरीबाट फुत्काएर क्याम्पसभित्र छिराउन सफल भए ।
यसरी हामी प्रहरीको फन्दाबाट उम्कन सफल भयौँ । रवीन्द्र कार्यकर्ता जोगाउन सिपालु रहेछन् । म, पछि पार्टीको हेडक्वाटरमा पुगेँ रवीन्द्रचाहिँ विद्यार्थी राजनीतिमा नै क्रियाशील रहँे । म पार्टीको हेडक्वाटरमै रहेता पनि रवीन्द्रसँगको निकटता भने उस्तै रह्यो । म पार्टीमा रहँदा प्रचारको काम गर्न थालेँ । ०४५ सालतिर पोखराबाट दृष्टि साप्ताहिकमा संवाददाता भई काम गर्न थालेँ । पत्रकार भएपछि सूचना नयाँ कुरा थाहा पाउने र सार्वजनिक नभएका सूचनाहरु पनि के छ भनेर पार्टीका धेरै साथीहरु सोध्ने गर्दथे । तर रवीन्द्रले नयाँ जानकारी दिन्थें । उनी धेरै जनासँगको सम्पर्कमा रहेर सोधेर नयाँ जानकारी थाहा पाउने गर्दथे । र उनीसँग नयाँ सूचनाबारे जानकारी लिने कला पनि थियो । उनी हाम्रा लागि समाचारको स्रोत बन्थें ।
पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, त्रिविवि कीर्तिपुरको स्ववियु सभापति, अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदा नियमितजस्तो फोन सम्पर्क हुने गर्दथ्यो । नयाँ सूचनाको आदानप्रदान हुने गर्नुपथ्र्यो । कतिपय अवस्थामा हामीले उनकै सूचनालाई आधार मानेर समाचारसमेत लेख्ने गर्दथ्यौं । रवीन्द्र अधिकारी विद्यार्थीको केन्द्रीय राजनीतिबाट जिल्लातिर फर्किए । पार्टीको जिल्ला सचिव भएपछि प्रचारको कामलाई व्यवस्थित बनाउन खोजे । आमसञ्चार माध्यमबाट पार्टीको प्रचारप्रसार गर्न उनी जति सिपालु थिए त्यत्तिकै उनी सबै पत्रकारहरुसँग हार्दिकतापूर्वक देखिन्थे । २०६२÷६३ को आन्दोलनको प्रचारप्रसारलाई उचाइमा पु¥याउन उनको समेत महत्वपूर्ण भूमिका देखियो । जुन क्षमताका कारण उनलाई संविधानसभाको चुनावमा प्रतिकूल परिस्थितिका बाबजुत पनि विजय हासिल गर्नलाई अनुकूल बन्यो । रवीन्द्र अधिकारीले आफ्ना सर्मथक मात्र नभई विपक्षी पार्टीका नेता÷कार्यकर्तासँग पनि निकटता राख्थे । यही कारणबाट उनीसँग आफ्ना समर्थक मात्र नभई विपक्षीहरु पनि प्रभावित हुन्थे । संविधानसभामा उनको उपस्थिति देखिएपछि पत्रकारहरुले उनीसँग सम्पर्क गर्ने र उनले पनि पत्रकारलाई सूचना दिने एउटा स्रोतजस्तै बने । पोखरा आउँदा संविधानसभाले गरेका गतिविधिको बारे जानकारी गराउँथे । संसदीय गतिविधि देख्न नपाएका पत्रकारका लागि उनी स्रोतव्यक्ति बने । संविधानसभा र संसद्मा खेलेको भूमिकाले नै उनलाई तोस्रो पटक जित्न सहज बनायो । त्यही भूमिकाले उनलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्न दिइयो ।
२०७५ फागुन ९ गते पोखरामा भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधानमा उपस्थित भएर पत्रकारलाई स्वागत गर्दै सरकारको स्वस्थ्य आलोचक बन्न सुझाएका थिए । त्यही दिन प्रधानमन्त्रीको कार्यक्रमसमेत छाडेर पत्रकारको कार्यक्रममा आएका थिए । पत्रकारप्रतिको उनको निकटता रहेको त्यसैले देखाउँछ । यसरी पत्रकारलाई आफूले गर्ने हरेक गतिविधिमा उनले कहिल्यै पत्रकारलाई छुटाएनन् । चाहे त्यो स्वदेशमै होस् या विदेश भ्रमणमा नै किन नहोस्, उनी पत्रकारहरलाई सँगै लैजाने गर्दथे । रवीन्द्र अधिकारी आफ्ना नेता, कार्यकर्ता, मतदाताजस्तै पत्रकारमाझ पनि लोकप्रिय नै रहे । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनको सचिवालयमा काम गरेका एक जना युवा पत्रकारले रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन आउँदा भनेका थिए ‘मलाई जति रवीन्द्रदाइसँग कुराकानी गर्न जति सहज छ त्यति सहज बाबुरामसँग छैन । मेरो मिसकल देखेपछि उहाँले नै कलब्याक गर्नुहुन्थो । धेरै ब्यस्त रहँदा पनि म्यासेज पठाउनु हुन्थ्यो त्यही भएर म उहाँको अन्त्येष्टिको रिर्पोटिङ गर्न पोखरा आएँ ।’

प्रतिक्रिया दिनुहोस्