Logo
Logo

काठमाडौं उपत्यका बन्यो कोरोनाको हटस्पट

बाँकेमा एकै दिन १ सय ३३ जनामा संक्रमण


दृष्टि संवाददाता


काठमाडौँ । काठमाडौँ उपत्यका र बाँके काेरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् ।

काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ ।

यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । यसअघि बिहीबार ५ सय ३४, बुधबार ६ सय ३ जना कोरोना संक्रमित भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्