Logo
Logo

असिनाले करोड रुपैयाँको तरकारी नष्ट


दृष्टि संवाददाता

756
Shares

धनकुटामा बिहीबार साँझ असिनाले चुटेर नष्ट भएको तरकारी बाली । छथरजोरपाटी र महालक्ष्मीमा मात्रै ३० करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । तस्बिर : अन्नपूर्ण

धनकुटा । छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ।

८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’

उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ।

त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन। अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ।

‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए।, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्