Logo
Logo

सेनाका उत्कृष्ट कर्मचारीलाई प्रशंसा निशान


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० फागुन ।
उत्कृष्ट कार्य गर्ने नेपाली सेनाका उत्कृष्ट कर्मचारी ‘प्रधानसेनापति प्रशसा निशान’बाट पुरस्कृत भएका छन् । सेना दिवसको अवसरमा केही सर्वसाधरणसहित २ सय ३२ जनालाई समेत निशान प्रदान गरिएको छ ।


देशभरीबाट छनोट गरी निशान प्रदान गरिएको हो । सोमबारको कार्यक्रममा उपस्थित ८५ जनालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रशंसा निशान प्रदान गरेका छन् ।
साथै सेनामा पहिलोपटक सेना प्रमुख सुवेदारको पद सुरु गरिएको छ । उत्कृष्ट सुवेदारलाई सो पद दिइने र उनले देशभरीका सुवेदारहरुसँग समन्वय गर्नेछन् । पहिलोपटक २४ नम्बरका बाहिनी अड्डाका सुवेदार मनोज कुमार चौधरीलाई ’सेना प्रमुख सुवेदार’ को दज्यानी चिन्ह प्रदान प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्