Logo
Logo

आईपीएलमा धोनीले दुई सयौं खेल्दा चेन्नाई विजयी


दृष्टि संवाददाता


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई सुपर किंग्सले विजयी प्राप्त गरेका छन् ।

१४औं संस्करणमा पहिलो जित हात पार्ने क्रममा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईका लागि मोइन अलीले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

यस सिजन चेन्नाईको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा चेन्नाई दिल्ली क्यापिटल्ससंग पराजित भएको थियो ।

उता पहिलो खेलमा राजस्थानलाई पराजित गरेको पञ्जाबको भने यो पहिलो हार हो । हरेक टोलीले समान दुई खेल खेलिसक्कदा रोयल च्यालेन्जर्स बेंगलोर दुवै खेल जित्दै अपराजित रहने एक्लो टिम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्