Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजना सञ्चालन गर्दै


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजी बजारमा सामूहिक लगानी कोषअन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने भएको छ ।


बैंकले जनाएअनुसार उद्देश्यअनुरुप आफू कोष प्रबद्र्धक रही बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबिएल म्युचुअल फण्ड’ नाममा सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको छ । ब्ैंक्ल्े बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’को पहिलो योजना ‘एनआईबिएल समृद्धि फण्ड–१’ सफलतापूर्वक सञ्चालन गर्दै यस योजनाका इकाई धनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरणसमेत गरेको छ । बैंकका अनुसार आगामी आर्थिक वर्षमा योजनाको ७ बर्ष अवधि पूरा भइ योजना बन्द हुनेछ ।

पहिलो योजनाको उत्कृष्ट प्रतिफलका साथै आम लगानीकर्ताको विश्वासलाई निरन्तरता दिने उद्देश्यले बैंकले ‘एनआईबिएल म्युचुअल फण्ड’अन्र्तगत सञ्चालन हुने चौँथो योजनाको रुपमा ‘एनआईबिएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको हो । उक्त योजनाको आकार रु. १ अर्ब २० करोड रुपैँयाँ र यस योजना १० वर्षको अवधिसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

प्रति इकाई मूल्य रु. १० दरको १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने छ भने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने जनाएको छ ।

योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाइ विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने बैंकले जारी गरेको विञप्तिमा उल्लेख छ ।

सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलका रुपमा वितरण गरिने कम्पनीले जनाएको छ । प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्