एकैदिन ८४३ जना काेराेना संक्रिमत थपिए « Drishti News – Nepalese News Portal
Logo

एकैदिन ८४३ जना काेराेना संक्रिमत थपिए


दृष्टि संवाददाता


काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने २२६ जना निको भएका छन् । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्