Logo
Logo

टिपर र बस ठोक्किँदा १७ घाइते


दृष्टि संवाददाता


धनुषा । धनुषामा बस र टिपर आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

जिल्लाको मिथिला नगरपालिका वडा नं ९ लालगढको नजिक शनिबार दिउँसो बस र टिपर आपसमा ठक्कर खाँदा त्यसमा सवार १७ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

पूर्व पश्चिम लोकमार्गमा वीरगञ्जदेखि विराटनगर जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विराटनगरदेख िवीरगञ्ज गइरहेको को १ ख ६६९१ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको डिएसपी मिश्रले बताए।


घाइते भएकामध्ये एकको अवस्था गम्भीर रहेको धनुषा प्रहरीले जनाएको छ । दुर्घटनामा काठमाडौं बस्ने ४२ वर्षीय चालक केशव संग्रौलाको दुबै खुट्टा र हातमा गम्भीर चोट लागेको छ।

घाइते हुनेहरूमा पर्साको रानीघाट ८ का ४० वर्षीय नन्दु बैठा, मोरङको विराटनगर महानगरपालिका वडा नं. ४ का ४५ वर्षीय बद्री भुजेल, सप्तरी हरीपुर चितामन ७ का ३० वर्षीया आशा देवी चौधरी, सप्तरीको कञ्चनपुरका महिनारायण पण्डित, सर्लाहीको बागमती नगरपालिका वडा नं. ८ की पर्वता ठकुरी रहेका छन्  ।

त्यस्तै हरिपुर नगरपालिका वडा नं. १ की यम कुमारी खडका, हरिवनका ५ वर्षीय सुजित महरा, अभिषेक महरा, सर्लाहीको बागमती नगरपालिकाकी राम प्यारी देवी महतो, ईश्वरपुर नगरपालिकाकी सोनु कुमारी महतो, पर्साको वीरगञ्जकी अस्मिता पटेल, सम्झना पटेल, आयुष पटेल, अंश पटेल, रितेश पटेल र सिरहाको गोलबजारकी रूपा शाही ठकुरी घाइते भएकी छन्।

प्रतिक्रिया दिनुहोस्