Logo
Logo

कोरोनाको दोस्रो लहरः एचआईभी पीडितलाई चिन्ता


दृष्टि संवाददाता


काठमाडौँ । नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो ।

बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उहाँमा छ । विगत दस वर्षदेखि एचआईभी÷एड्सबाट प्रभावितबीच काम गरिरहनुभएकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

समाज सेवाको क्षेत्रमा क्रियाशील राईको चिन्तासँगै धेरैको जीवन जोडिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा उहाँले पनि भोग्नुपरेको थियो ।

त्यही भोगाइलाई नै बाँच्ने उद्देश्य बनाउनुभएकी राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गर्ने अभियन्ता हुनुहुन्छ । राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आउनुभएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्