Logo
Logo

एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाको अधिबेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीलले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई बिजनेश नदिएको भन्दै आलोचना गरेका हुन् ।

सरकारले बिजनेस नदिइकन बैठकको कार्यसुचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ ।

संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायत विषयलार्य सभामुखले अड्काएको बताएका हुन् ।

प्रधानमन्त्री ओलल्ेि आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सभामुखले एमसिसी अनुमोदनका लागि प्रनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे ।

बैठकमा एमसिसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरुले गरेको विरोधप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन राष्ट्रिय राजनीतिको मुख्य विषय बनेको विवादास्पद एमसिसीलाई पारित गर्ने तयारीमा देखिएका छन् ।

सर्वदलीय बैठकमा ओलीले एमसिसीलाई प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकको अजेण्डा बनाउनुपर्ने विषयमा विशेष जोड दिए।

संसद्बाट एमसिसी पास गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने र सत्ता टिकाउने दाउमा प्रधानमन्त्री ओली रहेको स्रोतको दाबी छ । ‘अहिलेको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको छ, त्यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सरकार राष्ट्रियताको सबालमा स्पष्ट छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र माधव नेपाल, जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएनन्।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्