Logo
Logo

मौसम पुर्वानुमानः आज हावाहुरीसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा हाल स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने उल्लेख छ । त्यस्तै देशको पहाडी भू(भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन÷चट्याङ÷हावाहुरी÷असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्