Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता एजेन्डामा हुँदैछ छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) दिउँसो बस्ने भएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनको भनाई छ । आजको बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसका एक नेताल जनाएको छ ।

कांग्रेसले चैत ३० गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनपछि स्थगित केन्द्रीय समिति बैठक आज बस्न लागेको हो ।

यसबीचमा कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले समर्थन गरेको छ।

यस्तै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध कांग्रेसकै नेतृत्वमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ। प्रदेश सभा अधिवेशन अन्त्य भएको भन्दै बोलाउन कांग्रेसलगायत प्रतिपक्षी दलहरू माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्