Logo
Logo

१२ वर्ष पछि नतिजा सार्वजनिक !


दृष्टि संवाददाता


काठमाडौं । नेपाल खानेपानी संस्थानले १२ वर्षपछि नतिजा सार्वजनिक गरेको छ । संस्थानले २०६६ सालमा प्रकाशित विज्ञापनमा नतिजा आज (आइतबार) सार्वजनिक गरेको हो ।

संस्थानले प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदका लागि २०७७ पौष ९ गतेदेखि संचालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जना उम्मेद्वारहरुको अन्तर्वार्ताको औसत प्राप्तांकको आधारमा स्थायी नियुक्तिको लागि संस्थानले सिफारिस गरेको हो ।

सोहीअनुसार गोरखापत्र दैनिकमा वैशाख ५ गते आइतबार संस्थानले सीमित र खुल्लातर्फ गरी ५६ जनालाइ पदपूर्तिका लागि सिफारिस गरिएको सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार खानेपानी संस्थानले स्थायी नियुक्ति दिन लागि कर्मचारीको नाम सिफारिस गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्