Logo
Logo

एकैदिन एक हजार बढी संक्रमित थपिए, काठमडाैंमा मात्रै ४३५ जनामा काेराेना पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा एक हजार भन्दा बढी संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १०९६ जनामा संक्रमण पुष्टि भएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्