Logo
Logo

नेप्सेमा ३६ अंकको गिरावट


दृष्टि संवाददाता


काठमाडाैं । नेप्से परिसुचकमा साताको पहिलो दिन ३५ दशमलव ८९ अंकको गिरावट आई परिसुचक २ हजार ६ सय ९९ दशमलव ५१ अंकले घटेको छ ।

आइतबार २ सय ७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय १५ रुपैया बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार म्युचुअल फण्ड बाहेक अरु सबै समूह ओरालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १८३ दशमलब १९ अंकले घटेको छ ।

सेयर बजारमा ट्रेडरहरु हावी भएका छन् । बजार २ हजार ७ सयभन्दा माथि पुगेपछि कतिपय अल्पकालीन कारोबार गर्नेहरुले नाफा बुक गरेपछि नेप्से प्रभावित भएको हो ।

ट्रेडरहरुले निश्चित प्रतिशत मार्जिनमा काम गर्ने गर्छन भने निश्चित प्रतिशत मार्जिन निर्धारण गर्ने र त्यसपछि सेयर बिक्री गर्ने हुदा बिक्री चाप बढेको आकलन गरिएको छ ।

तर पनि लगानीकर्ताहरुले जोखिम बहन क्षमता, बैंकको साँवा–ब्याज तिर्ने क्षमता, अनुमानित नाफा होल्ड गर्ने समयका बारेमा ध्यान दिनुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्नुपर्ने, कम्पनीको प्रमुख सूचकहरुको अध्ययन पनि गर्नुपर्ने विश्लेषकहरुले बताएका छन् ।

म्युचुअल फण्ड भने शुन्य दशमलब शुन्य ६ प्रतिशत बढेको हो । तर पनि ४ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत बढी नाफा आर्जन गरेका छन ।

महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशत, ज्योति लाइफको ९ दशलमव ९१, दिव्यश्वरी हाइड्रोको ९ दशलमव ४५ र नेपाल हाइड्रो डेभलपर लिमिटेडको ९ दशलमव शुन्य ३ प्रतिशत शेयर मूल्य बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्