Logo
Logo

एफएनसीसीआईको अनुशासन समितिको सभापतिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समितिको गठन गरिएको छ । महासंघको विधानको दफा३८(क)अनुसार समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अनुशासन समितिको उपसभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी राखिएको छ । त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् ।

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई नियुक्त गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्