Logo
Logo

नयाँ जन्मिने शिशुलाई तीन हजार दिने


दृष्टि संवाददाता

315
Shares

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताए ।

उनले भने, ‘पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउने छन् ।’

छोराको न्वारन गर्ने, छोरी जन्मँदा नगर्ने, छोरीलाई सरकारी स्कूलमा पढाउने, छोरालाई महँगा निजी स्कूलमा पढाउने विभेद कायमै रहेको उनको भनाइ थियो । गाउँपालिकाले छोराछोरीको विभेद हटाउन शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको उपाध्यक्ष महताराले बताए ।

अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा जागोस् भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको बताइएको छ । घरपरिवारले अनिवार्य रुपमा रु तीन हजार थपेर बैंकमा खाता खोल्नुपर्ने गरिएको गाउँपालिकाले जनाएको हो ।

अब जन्मिने बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणासमेत निजकै खाता जम्मा गर्नुपर्ने नियमसमेत बनाएको छ । गाउँपालिकाले बालबालिकाका लागि कोष खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्