Logo
Logo

संक्रमण लहरो पारिबाट वारि !


दृष्टि संवाददाता


काठमाडौं । आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा ४५ जना पोजेटिभ, गौर अस्पताल रौतहटमा गरिएका ४ वटा नमुना परीक्षणमा ३ पोजेटिभ, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएका ३ एन्टिजेन परीक्षणमा २ पोजेटिभ र २० वटा आरटी पिसिआर नमुना परीक्षणमा ४ पोजेटिभ, जिल्ला अस्पताल सिरहा प्रयोगशालामा गरिएको ४ वटा नमुना परीक्षणमा सबै नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

शनिबार १२७ वटा नमुना परीक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार यस प्रदेशमा ११३ वटा नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

बिहीबार १९ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको थियो।कोरोनाको दोस्रो लहर सुरु भएयता परीक्षण गरिएका नमुनामध्ये आधामा संक्रमण भेटिनुले प्रदेश २ मा संक्रमणले भयावह रूप लिन थालिसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए।

चैत १ सम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ११ थियो। पर्सामा ५, बारामा ४ र रौतहटमा २ जना संक्रमित होम आइसोलेसनमा थिए। सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा संक्रमण शून्यमा झरेको थियो। कोरोनाको दोस्रो लहर सुुरु भएयता प्रदेश २ मा ३९६ संक्रमित थपिएका छन्।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्