Logo
Logo

संक्रमणको चपेटामा बालबालिका, अस्पतालमा छैन बेड !


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चपेटामा बालबालिका पर्न थालेका छन्। कुल संक्रमितको १० प्रतिशत बालबालिका संक्रमणमा परिरहेका छन्। यूके भेरियन्ट र डबल म्युटेन्ट भाइरस छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी सरेको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ बालबालिका संक्रमित भइसकेका छन्। पाँच वर्षमुनिका ५१ जना सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा १० देखि १९ वर्ष उमेर समूहका ९१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नौ वर्षमुनिका २१ जनामा कोरोना पुष्टि भएको छ।

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा। कृष्णप्रसाद विष्टले बच्चाहरूमा संक्रमण अहिलेभन्दा बढी हुन सक्ने बताए। अध्यक्ष डा। विष्टका अनुसार ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम गरिएको छ। ‘बालबालिका बिरामी भई अस्पताल भर्ना गर्नुपरे र परिवारका अन्य सदस्य बिरामी भई स्क्रिनिङ गर्नुपरे मात्र बच्चाहरूमा कोरोना परीक्षण गरिन्छ’, डा। विष्टले भने, ‘तसर्थ बच्चाहरूमा संक्रमण अहिले देखिएभन्दा बढी हुनुपर्दछ।’

कतिपय बच्चामा लक्षण नदेखिए पनि संक्रमण भएको भए अन्य व्यक्तिमा सार्न सक्ने सम्भावना रहेको विज्ञ बताउँछन्। डा। विष्टले अत्यावश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान आग्रह गरे। पहिलो लहरको तुलनामा कोरोना भाइरसको दोस्रो लहरमा कम उमेरका बालबालिका बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ।, यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्