Logo
Logo

नाकामा गरिबी बेरोजगारको थामिनसक्नु भिड, सरकार मुकदर्शक !


दृष्टि संवाददाता


काठमाडौं । चरम गरिबीका कारण सुदूरपश्चिमबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको संख्या ठूलो छ । तर, यकिन तथ्यांक भने सरकारसँग पनि छैन । ‘धनसम्पत्ति जोड्न अर्काको देश गएका होइनौँ ।

यहाँ परिवार पाल्नसमेत काम पाइँदैन, त्यसैले बाध्य भएर भारत जानुपरेको हो,’ भारतबाट आइतबार फर्केका कैलाली पहलमानपुरका लोकबहादुर शाहीले भने ।

गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू संक्रमण उत्कर्षमै रहेका वेला केही महिनामै भारत फर्किएका थिए । लकडाउनको सुरुमा घर आउनेजत्तिकै भिड यतिखेर नाकामा भारत फर्किनेको देखिएको छ ।

महामारीका वेला हजारौँ युवा स्वदेश फर्के पनि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन नसकेको सरोकारवालाको भनाइ छ । गरिबीका कारण मजदुरी गर्न भारत जानुपर्ने विगतदेखिको बाध्यता अन्त्यका लागि तीनै तहका सरकारले काम गर्न नसकेको उपप्राध्यापक देवराज अवस्थीले बताए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्