Logo
Logo

प्रभुराम शर्मा प्रधानसेनापति बन्दै !


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले चार महिनापछि अवकासमा पाउँदैछन् । थापाको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिँदैछ ।

थापाको कार्याकाल सकिने भएपछि नयाँ प्रधानसेनापति को बन्छ ? भन्ने आम चासोको विषय रहेको छ । बरियताक्रम अनुसार हालका बलाधिकृत प्रभुराम शर्मा प्रधानसेनापति बन्ने सम्भावना देखिन्छ । शर्मा प्रधानसेनापति बन्ने लाईनमा छन् । सोहीअनुसार आन्तरिक तयारी जुटेको बताइन्छ ।

प्रधानसेनापति बन्ने लाइनमा रहेका अर्का रथी ईश्वर हमाल हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । त्यसैले शर्मालाई प्रधानसेनापति बन्न सहज रहेको बताइन्छ ।

प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २१ बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए ।

प्रधानसेनापतिले एक महिना पहिला विदा लिने परम्पराअनुसार उनी साउन २४ मा विदामा बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्