Logo
Logo

रहेनन् पूर्व स्वास्थ्यमन्त्री सुवाल


दृष्टि संवाददाता


काठमाडौं । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो । उनी ९३ वर्षको थिए ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए ।

उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्