Logo
Logo

सिडिओलाई जानकारी गराएर मात्रै विवाह गर्न पाइने !


दृष्टि संवाददाता


काठमाडौं । विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाइने भएको छ ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको जानकारी दिए ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अनुमति लिनुपर्ने समेत उनले जानकारी दिए ।

होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्