Logo
Logo

एसएलसी पनि पास नगरी डाक्टर बनेका सात जना प्रहरी फन्दामा


दृष्टि संवाददाता


काठमाडौं । नक्कली प्रमाणपत्रका भरमा चिकित्सा पेशामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना ’नक्कली डाक्टर’ र १ जना कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले सार्वजनिक गरेको छ ।आइतबार पक्राउ गरेका आठ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी विष्णुपुर–२ घर भइ हाल मोरोङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भइ हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– २ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ छन् ।

एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्म मिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए । आरोपीलाई डाक्टर पढ्नका लागी बंगलादेश र चीन पठाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बागबजारस्थित ज्योती दिप इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्