लकडाउनको हल्लाले घट्यो नेप्से « Drishti News – Nepalese News Portal
Logo

लकडाउनको हल्लाले घट्यो नेप्से


दृष्टि संवाददाता


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ दशलमव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलब ९३ अंकमा पुगेको छ । जलविद्युत र फाइनान्स समूह बाहेक सबै समूहको परिसूचक घटेको हो । बैंक, डेभलपमेन्ट बैंक, ट्रेडिङ र होटल तथा पर्यटन समूहका परिसूचकमा ठूलो गिरावट आएको छ ।

सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समूहको परिसूचकमा देखिएको छ । यो समूहको परिसूचक ६ दलशमव ७ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक १ दशमलब ८६ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार आएकामध्ये दुई कम्पनीको सेयर मूल्यमा अधिक बृद्धि भएको छ । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ दशलमव ९८ प्रतिशतले वृद्धि भएको हो । महिला लघुवित्तको सेयर मूल्य ९ दशममलब ९४ प्रतिशतले बढेको छ । त्यसबाहेकका कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि हुन सकेन ।

सबैभन्दा ठूलो गिरावट चन्द्रागिरी हिल्सको सेयर मूल्यमा आएको छ । पछिल्लो समय लगातार बढिरहेको चन्द्रागिरी हिल्सको सेयर मूल्यमा ठुलो गिरावट आएको छ । चन्द्रागिरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको थियो । यस अवधिसम्ममा कम्पनीको घाटा बढेको रिपोर्ट आएपछि सेयर मूल्य घटेको हो ।

चालु आर्थिक वर्षको चैत १८ सम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ रहेको छ । अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको १८ चैतसम्ममा १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको

सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक छ । सोमबारको कारोबारमा ६ अर्ब ७६ करोड रुपैयाँ सेयर किनबेच भएको छ । ७३ हजार ५ सय ८२ पटकको कारोबारमा १ करोड ४२ लाख कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका मध्ये सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्