Logo
Logo

नेपालमा प्रतिघण्टा एक बालबालिकामा कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडाैं । कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा ९ वर्षमुनिका २४ जना बालबालिका संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९ वर्षमुनिका २४ जना र १० देखि १९ वर्षसम्मका ७४ जना संक्रमित भएका छन् ।

उमेर समूहका आधारमा संक्रमित हुनेमा सबैभन्दा धेरै तीन सय सात जना २० देखि २९ वर्षसम्मका नागरिक छन् । त्यस्तै ३० देखि ३९ वर्षका २ सय ७५, ४० देखि ४९ वर्षका २ सय २२, ५० देखि ५९ वर्षका १ सय ५५, ६० देखि ६९ वर्षका एक सय ५ जना छन् ।

यस्तै, मन्त्रालयका अनुसार ७० देखि ७९ वर्षका ३८, ८० देखि ८९ वर्षका १८ , ९० देखि एक सय वर्षका १ र उमेर नखुलेका ८ जना कोभिड १९ बाट संक्रमित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्