Logo
Logo

भारतले रोक्यो अक्सिजन, कोरोना संक्रमितको उपचारमा समस्या हुने


दृष्टि संवाददाता


काठमाडौं । भारतले अक्सिजन निर्यात रोकेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै अक्सिजन आयात रोकिएको हो ।चिकित्सकले कोरोना संक्रमितको संख्या बढेसँगै उपचारमा प्रयोग हुने अक्सिजनको अभाव हुने संकेत गरेका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा चिकित्सकले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने देखिएको बताएका हुन् ।

छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लले अक्सिजनको आयात रोकिएका कारण अब कोरोनाका बिरामीको उपचारमा नै समस्या हुने देखिएको बताए ।

यस्तै बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रका निर्देशक डा. चन्द्र मणी अधिकारीले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधि समेत अभाव हुने देखिएको बताए । औषधिको आपूर्ति कम हुँदा हाल १० देखि १५ जना बिरामीको मात्र शल्यक्रिया गर्ने औषधि रहेको बताए ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले हाल गत वर्षको जस्तो कोभिडको मात्र बिरामीलाई प्राथमिकतामा राख्नु भन्दा नन कोभिडको बिरामीलाई पनि प्राथमितामा राख्न सरकारलाई सुझाव दिए । संक्रमण बढे सँगै आईसीयू कक्ष, जनशक्ति र उपचारमा प्रयोग हुने रेमडिसिभर औषधिको समेत अस्पतालमा अभाव भएको छ ।

समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्