Logo
Logo

प्रभु बैंकका अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सिटौलाले आइतबार बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरेर पदभार ग्रहण गरेका हुन् ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई यही वैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् ।

सिटौला नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो ।

उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए । उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्