३२० स्थानबाट मेलम्चीको पानी चुहावट « Drishti News – Nepalese News Portal
Logo

३२० स्थानबाट मेलम्चीको पानी चुहावट


दृष्टि संवाददाता


काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।

पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।

जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ ।” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्