Logo
Logo

माधव नेपाल कठिन परिस्थितिमा, के अर्को पार्टी बनाउलान् ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ ।

जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरुले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो ।

‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ । माधव नेपाल आफै पनि यो विषयमा मौन देखिनुभएको छ ।

पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन,’ नेपाल पक्षका एक नेताले भने ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्