Logo
Logo

ओली कुन अवस्थामा हट्लान् ?


दृष्टि संवाददाता


काठमाडौं । ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् ।

सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ ।

उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिन्छ ।

उक्त धारा अन्तर्गगत बनेको सरकारले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा स्वतः विघटन हुन्छ ।, आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्