Logo
Logo

किर्ते गरेर डाक्टर ! विद्यार्थीसहित ८ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । विद्यालय तहको शैक्षिक योग्यताका कागजात किर्ते गरी बंगलादेश र चीनबाट एमबीबीएस अध्ययन गरेका ६ जना चिकित्सक पक्राउ परेका छन् ।

एसएलसीकै किर्ते मार्कसिट पेस गरेर ललितपुरको किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छात्रा र किर्ते कागजात बनाउने बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक महोत्तरीका अरुण चौधरी पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सप्तरी विष्णुपुर गाउँपालिका-२ घर भई न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्दिकी, महोत्तरी सरपल्लो घर भई धनुषाको जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत सुभाषप्रसाद साह, धनुषा सबैला घर भई काठमाडौंको चाबहिलस्थित दीर्घायु गुरु अस्पतालमा कार्यरत मोहम्मद साहिद राजा र पश्चिम रुकुमको चौरजहारी मिसन अस्पतालमा कार्यरत दीपेन्द्र गौतमलाई पक्राउ गरेको हो । आरोपितहरूविरुद्ध केही महिनाअघि ब्युरोमा उजुरी परेको थियो । तर, फाइल केही त्यसै थन्किएको थियो ।

केही दिनअघि उजुरीमाथि छानबिन गर्दा केही कैफियत भेटियो । त्यसपछि प्राप्त कागजात र परीक्षा बोर्डपरीक्षा नियन्त्रण कार्यालयमा भएका कागजात भिडाउँदा परीक्षाका प्राप्तांक, जन्ममिति र कतिको नाम नै फरक देखियो ।

त्यसपछि एमबीबीएस अध्ययनका लागि अनुमतिको प्रमाणपत्र दिने काउन्सिलबाट पनि ब्युरोले कागजात झिकाएर दोहोरो परीक्षण गर्दा किर्ते गरेको भेटिएको प्रहरीले जनाएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्