Logo
Logo

चार सांसद तीन घण्टामै मन्त्री !


दृष्टि संवाददाता


रूपन्देही । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चार सांसदलाई तीन घण्टामै मन्त्री बनाएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाएका छन् । तत्काल सरकार जोगाए पनि संकट भने टरिसकेको छैन ।

मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को उपधारा ९ अनुसार २०७४ फागुन ३ मा गठन भएको मन्त्रिपरिषद्मा सोमबार हेरफेर, पुनर्गठन र कार्यविभाजन गरेका हुन् ।

उनले आफूविरुद्धको अविश्वास प्रस्तावमा सोमबारै हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री पोखरेलले बहालवाला मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् । प्रदेशका ७ मन्त्रालय फुटाएर ९ वटा बनाइएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका सरकारका प्रवक्ता बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्