Logo
Logo

जसले गुमाइन अरूको ख्याल गर्दागर्दै आफ्नै जीवन…


दृष्टि संवाददाता


नेपालगन्ज । पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् ।

गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् ।

सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।

‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्‍यो ।’

विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६र७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गुमाउनुपर्दा विनय स्तब्ध छन् ।

नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उनी तीन महिनाकी छोरी स्याहार्न दाङ फर्किएका छन् । उनी आफैं पनि संक्रमित छन् ।

छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उनले बताए । अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो ।

केही दिनपछि उनकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो ।

बिस्तारै अनिशालाई पनि रुघाखोकीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्यको चिन्ता गरिरहेकी उनले आफूलाई भएको बिसन्चोबारे भेउ नै पाइनन् ।, यो समाचार आजको कान्तिपुर दैनिकमा रूपा गहतराजले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्