Logo
Logo

कोरोना देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु !


दृष्टि संवाददाता


काठमाडौं । अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाई कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो ।

एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौं अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो ।

उपचार सुरु गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताए ।

आइतबार श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य प्रारम्भिक उपचार गरेर थप उपचारका लागि उनलाई विराटनगर लगिएको थियो ।

सुरुमा एम्बुलेन्समै अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएको एम्बुलेन्स चालक मोहम्दा राजाले बताए ।, आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्