Logo
Logo

आजको मौसम पुर्वानुमानः असिनासहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । आज अपरान्ह पछि देशको पश्चिमी भूभागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

देशको उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जनरचट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहिबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्