Logo
Logo

दोस्रो चरणको खोप आजबाट लगाईंदै (तालिकासहित)


दृष्टि संवाददाता


काठमाडौं । आज (मंगलबार)बाट पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोज लगाइदैछ । बैशाख ११ गतेसम्म यो अभियान जारी रहनेछ ।

पहिलो चरणमा माघ १४ गतेदेखि फागुन १० गतेसम्म ‘फ्रन्टलाइनर’ स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्र लगाइनेछ ।

यो अभियान देशभर सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्