Logo
Logo

थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्