Logo
Logo

कोरोनाको हटस्पट बन्दै विद्यालय, एउटै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थी संक्रमित


दृष्टि संवाददाता


बागलुङ । पछिल्लो समय नेपालमा शैक्षिक संस्थाहरु कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएको छ । शैक्षिक संस्थाहरुमा स्वास्थ्यका मापदण्ड नअपनाउदा त्यहाँ कोरोना संक्रमण बढिरहेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मंगलबार मात्रै बागलुङका नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालयका
अनुसार यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयले संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न आग्राह गरिएको छ । शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्