Logo
Logo

जथाभावी ‘नथुक्न’ काठमाडौं प्रशासनको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपाल पनि देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जथाभावी नथुक्न आग्रह गरेको छ ।

आज सोमबार एक सूचना जारी गर्दै प्रशासनले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको हो ।

प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न पनि अनुरोध गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ ।

विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ ।

प्रतिक्रिया दिनुहोस्