Logo
Logo

राहदानी विभाग र कन्सुलर शाखाका १२ कर्मचारीलाई कोरोना संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । राहदानी भिावगका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विभागका आठ जनालाई संक्रमण देखिएको हो ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवाग्राहीको आवागमनमा कुनै प्रकारको कडाइ तथा स्वास्थ्य–सुरक्षाको मापदण्ड नतोकिएपछि थप सन्त्रास बढेको छ । गत वर्ष पनि कोरोना संक्रमण बढेपछि राहदानी तथा कन्सुलरका सेवाहरु, ‘अत्यावश्यक बाहेक’ केही समयका लागि बन्द गरिएको थियो ।

यस्तै, मन्त्रालयअन्तर्गतको कन्सुलर शाखाका चार जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । पुरानो नारायणहिटी दरबार परिसरमा रहेको राहदानी र कन्सुलरमा अहिले पनि दैनिक रुपमा घटीमा २ हजार सेवाग्राही जिल्ला–जिल्लाबाट आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्