Logo
Logo

२४ घण्टामा एक सय १३ बालबालिकामा कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडाैं । कोरोना भाइरसको दोस्रो लहरबाट बालबालिकामा संक्रमण बढी हुन थालेको छ। मंगलबार एक सय ९३ बालबालिकामा संक्रमण पुष्टि भएको छ।

केही दिनयता बालबालिका संक्रमित हुने क्रम बढेको छ। मंगलबार १९ वर्षसम्मका एक सय ९३ बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमा ९ वर्षमुनिका ४३ बालबालिका छन्। त्यस्तै, १० देखि १९ वर्षसम्मका एक सय ५० जना छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार एक हजार सात सय ३६ जनामा संक्रमण देखिएको छ।

पीसीआर परीक्षणबाट एक हजार ६ सय ६७ र एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्