Logo
Logo

प्रहरीका सई अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ फागुन ।
नेपाल प्रहरीका पूर्व सई अख्तियारको फन्दामा परेका छन् । तत्कालीन अञ्चल प्रहरी कार्यालय कोशी, धरान दरबन्दी भई पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक सूर्य बहादुर नेपालीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

उनले सूर्य बहादुर नेपाली भन्ने सूर्य बहादुर दर्जीले प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुने प्रयोजनको लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए । सोही आधारमा बढुवा समेत भई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा(१) बमोजिमको कसुर भएको देखिएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐ.ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्