Logo
Logo

सिटिजन्स बैंक १५औं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी


दृष्टि संवाददाता


काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ छ ।

बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक रतिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिगरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्रमसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्बरुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैयमास सम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ । बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्