Logo
Logo

प्रविधिको विकाससंगै कामकाज पनि प्रविधिमैत्री बनाउन अर्थ समितिकाे जाेड


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपालमा प्रविधिको विकाससंगै कामकाज पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएको छ ।

सिंहदरबार बुधबार बसेको समितिले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको भन्दै यसमा बिषेश ध्यान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाव दिएको हो ।

बैठकमा समिति सभापति कृष्णप्रसाद दाहालले हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए ।

बैठकमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए ।

बैठकमा सांसदहरुले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औँल्याए ।। चालु आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्