Logo
Logo

कोरोना महामारीमा पनि बैंकको व्यवसाय साढे २५% ले वृद्धि


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन ।

अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष ९आव० २०७६र७७ को चैतसम्मको तुलनामा चालू आव २०७७र७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह रू।३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आवको चैत १० गतेदेखि यता ३ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी भयो र यसपछि आंशिक रूपमा खुले पनि यस बीचको १ वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सन्तोषजनक भएको बैंकरहरू बताउँछन् ।

पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालिरहँदा कोभिड संक्रमणको दोस्रो लहरले भोलिको दिनमा बैंकको व्यवसाय विस्तारमा थप चुनौती देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

दोस्रो लहरको कोभिडले फेरि अधिकांश व्यवसाय प्रभावित हुनसक्ने उनले आशंका व्यक्त गरे । पर्यटन व्यवसाय बढी प्रभावित भए पनि अन्य क्षेत्रमा कर्जा प्रवाह भएकाले निरुत्साही हुन नपरेको ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ महेश शर्मा ढकाल बताउँछन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्