Logo
Logo

ओली-नेपाल विवाद बढाउने तीन निर्णय


दृष्टि संवाददाता


काठमाडौं । एमाले अन्तर्विरोध दुर्घटनाउन्मुख भएकै वेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र माधवकुमार नेपाल संवादमा बसे पनि विनानिष्कर्ष टुंगिएको छ । एमालेका दुवै पक्षले एक–अर्को पक्ष पार्टी विभाजनमा लागेको आरोप लगाउँदै आएका छन् । दुवै समूह एक–अर्काप्रति आक्रामक बनेका वेला ओली र नेपालबीच ‘वान अन वान’ वार्ता भएको हो ।

ओलीले एकपछि अर्को निर्णय र नेपाल समूहका नेतामाथि कारबाही एवं स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएका छन् भने खनाल–नेपाल समूह ओलीविरुद्ध देशव्यापी समानान्तर कमिटी गठनमा जुटेको छ । सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग हुने गरी २३ फागुनमा निर्णय दिएपछि दुवै पार्टी पुरानै अवस्थामा अर्थात् २ फागुन ०७५ मै फर्केका थिए ।

नयाँ पत्रिका लेख्छ :
२८ फागुन— पदाधिकारीको जिम्मेवारी हेरफेरः ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, पदाधिकारीको जिम्मेवारी हेरफेर, महाधिवेशनको मिति घोषणा, विधान संशोधनलगायतका निर्णय गराए ।

१६ चैतः नेपाल र रावलमाथि कारबाही ः सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता भंग गरिदिएको तीन सातापछि ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाटै निलम्बन गरे ।

७ वैशाख— ३२ सांसदलाई स्पष्टीकरण ः ‘विभाजनकारी’ गतिविधिमा लागेको आरोपमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्