Logo
Logo

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका पक्राउ


दृष्टि संवाददाता


तस्बिर : बाह्रखरी

काठमाडौं । नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । आज मात्र औपचारिक रुपमा कार्यालय थापाथली सरेको हो ।
पार्टी कार्यालय सरेको थाहा पाएपछि थापाथली पुगेकी खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो । अहिले उनी प्रहरीकै नियन्त्रणमा छिन् ।

प्रतिक्रिया दिनुहोस्