ओली-नेपाल वार्ता सुरु : वार्ता निर्णायक होला ? « Drishti News – Nepalese News Portal
Logo

ओली-नेपाल वार्ता सुरु : वार्ता निर्णायक होला ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ भएको वार्ता कुनै निष्कर्षविना टुंगिएको थियो । बुधबारको शर्तअनुसार आज पुनः उनीहरु छलफलमा जुटेका हुन् ।

बुधबार नागपोखरीस्थित मेरियट होटलमा करिब दुई घण्टा ओली र नेपाल पक्षबीच छलफल भएको थियो । अध्यक्ष तथा प्रधामन्त्री ओलीले बुधबार नेपाल पक्षका नेतासँग ‘वान टु वान’ छलफल गरेका थिए ।

अध्यक्ष ओली र नेपालबीच आज हुने छलफलमा एमाले एकताबद्ध रहने वा नरहने तय हुने बताइएको छ । स्रोतअनुसार ओली ‘वार कि पार’ भन्ने नीतिमा लागेका छन् । त्यसैले आज हुने वार्तालाई ‘निर्णयक’ हुन सक्ने अनुमान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्